नेपाल , जाति र मनास्तिथि
जति नै नकारात्मक को बिरोध गरौ। नकारात्मक जहाँ को त्यहि हुन्छ। ज को कुरा धेरै गरियो त्यै बढ्छ। नकारात्मक ता को कुरा गरियो त्यै बढ्छ। तपाइँ को शब्द ले असर गर्छ।
युद्ध गरेर शान्ति लेउछु भानु हुन्छ कि प्रेम गरेर शान्ति फ़ैलाउछु। तपाइँ को शब्द ले नै तपाइले क गर्दै हुनुहुन्छ थाहा हुन्। धेरै मानिस पहिलो रोजाइ मन पराउलान किन भने दोस्रो शब्दलाई बुज्न आफ्नो अहंकार छोड्नु पर्ने हुन्छ तर त्यो कम कम-सजिलो हुन्छ । अहंकार पछि जो शेष बच्छ त्यो हुन्छ प्रेम । त्यही भएर सबै जना हामी हरु बिरोध गर्नु पर्छ भनेर लागि पर्छौ।
मानिस मन र चेतना सग धेरै नै रुमलिरहेको हुन्छ। मन पनि चेतना को त्यो हिस्स हो जसले हामीलाई आफ्नो र अर्काको भनेर चिनाउन , एउटा सब्य समाज को निर्माण गर्न मन निर्मित हुन्छ। मनका फरक पाटा हरु :

मनको पहिलो पाटा (राम्रो):
१, भाषा सिकाउने , गास, बास, कपास को बेवास्थापन गर्ने र गराउन सिक्ने
२, आफ्नो सरिर को ख्याल गर्ने, रक्षा गर्ने
३, आफ्नो परिवार चिनाउने , चिन्ने र परिवार सग मिलेर बस्ने
४, संस्कार सिक्ने
५, अरु मानिस जस्तै सब्य बन्ने
६ , बिकाश गर्ने , अध्यन गर्ने
७, अन्त्य मा मन लाइ चेतना मा केद्रित गर्दै जीवन जिउने
मनको दोस्रो पाटा (कम राम्रो) :
१, गास, बास, कपास को जोहो धेरै गर्न थाल्ने,
२, लोभी हुने परिवार को लागि
३, आफ्नो भनेर चिन्ता लिन थाल्ने
४, आफ्नो मात्र संस्कार सिकाउने
५, चेतना को कुरा गर्ने तर त्यो तर्फ नजाने
मनको तेस्रो पाटा (कम कम राम्रो ):
१, गास, बास, कपास को लागि हिम्सा गर्ने,
२, लोभले अरुको परिवार, समाज लाइ नोक्सान पुर्याउने,
३, आफ्नो भनेर चिन्ता लिने अरुको वास्ता नगर्न,
४, अरुको संस्कार, परम्परा, धर्मलाइ हेला गर्ने, तुच्छ बोल्ने,
५, आफ्नो कुरा सहि भन्ने, त्यो बहेको सबै को बिरोध गर्ने
चेतना को कार्य /पाटा :
१, चैतन्य मा स्थित रहने (चेतना को दर्शन नगर्नु भएको ले तेस्को खोजि गर्ने )
२, प्राणी हरु सबै एउटै हो
३, मान – सम्मान, मिठो – नमिठो, गरिब – धनि , बाहुन – कामि, सबै एउटै, अथवा उस्तै वा नबुझ्ने वा त्यो भन्दा माथि वा तेस्को पार
अब हामीले समाज बदल्ने हो भने हाम्रो मनस्थिति लाइ बिस्तारै बदल्नु पर्छ। मन हो, एकदिन मा बदल्दैन, कम कम सजिलो हुन्छ। एक्कै दिन बदल्न खोज्ने हो भने अर्को मनको अहंकार मा चोट पर्छ र फेरी अर्को मन मुटाव जन्मिने प्रबल सम्भावना हुन्छ।
भर्खरै मात्र जात को आधार मा समाचार हरु देखियो। समाचार लेख्ने लाइ थाहा छ कि यो समाचार धेरै हेरिन्छ भनेर। जात मा हेपिएको छु भनेर सोच्ने लाइमलम होला र हेपेको छु भन्नेलाई कानुन होला तर दुवै ले हेर्छन। समाचार लेक्नेलाई लेखेर फाइदा हुन्छ। एक तिर सबै पत्रिका भरि तै मात्र खबर ले भरिएको देख्दा लाग्छ कि देश मा त्यो नै महत्वपर्न कार्य हो देश अनि जनता को। तर एस्तो घटना भएको बेला मात्र यो समाचार र एस्तो बिरोध गर्नु र गराउनु सबै मन को अहंकार सग सम्बन्ध जोड्छ। सबै को अहकर मा चोट पर्दछ यो बेला। तै भएर ततिन्छा मन यो बेला ।
कसरि सबै जाति लाइ सम्मान बनाउन तिर लाग्ने त ?
कानुन को कुरा हरु धेरै रडियो , प्रत्रिका मा प्रसारण गर्ने किन भने यो उमेरका मानिस हरु गाउ गाउमा अथवा सहर मा पनि रडियो र पत्रिका पढ्ने वा सुन्ने गर्छ।
कानुन को कुरा हरु सगै यो उमेरका मित्रहरुलाई, मन्त्रिहरु लाइ , संसदहरु लाइ, छिमेकी , साथी हरु ले छलफल मा बोलाउने , तिन तिन महिना मा आफ्नो सामाजिक संजाल मा राम्रो कुरा कुरा हरु लेख्ने जाति को बारेमा , सबै जाति र धर्मका मानिस मिलेर बसेको कुरा हरु सम्प्रेसन गर्ने , यो जाति को डाक्टर, त्यो जाति को एङ्गिनॆर भन्ने, धेरै राम्रो र राम्रो कुरा मा जाति जोड्दा फरक पर्दैन तर कम राम्रो र कम कम राम्रो कुराहरु मा जाति जोड्दा फरक पर्छ समाज म। एक अर्का प्रति दुस्मन भाव बढ्छ , तृष्णा भाव पैदा हुन्छ , अ-मैत्री पैदा हुन्छ भन्ने दार हुन सक्छ। त्यो प्रसार गर्दा एउटा योजना बनाउन जरुरि हुन्छ। फेरी जाति को मात्र कुरा गरिरहदा बिकाश मा असर नपरोस, चेतना बढाउने कार्य होस् किन भने जे कुरा धरै गरियो तेस्मै सिमित हुने गर्दछ मस्तिस् चाहे त्यो राम्रो होस् र कम राम्रो।
सद्भाव फैलाउने कार्य यो उमेरका युवा युवती हरु लाइ दिने, उनीहरु २५ उमेर तलका सग नि मिल्न सक्छन अनि ३५ उमेरका माथि पनि। उनीहरु घर बाट बाहिर रोजगारी, पढाई को खोजि वा जीवनसाथी को खोजि मा हुन्छन , यो बेला उनीहरु ले समाज को राम्रो कुरा हरु राम्रो सग सम्प्रेषण गर्न सक्छन। यो उमेरको लाइ चेतना सग जोडिन पनि सजिलो हुन्छा किन भने उनीहरु मन को कुरा सिकेर आफ्नो केहि गर्न बाहिर निस्केका हुने गर्छन। #बिश्वप्रेम सिक्न खोज्ने उमेर हो यो र सिकाउने उमेर पनि येही हो। यो उमेरका मानिस मा बदलाव लेउन सकियो भने देश ५ वर्ष मा बदल्न सकिन्छा।
४५ भन्दा माथि उमेरका मानिस सबैको येस्मा बादी भूमिका हुन्छ। संस्कार कस्तो दिदै हुनुनुछ , त्यो अनुसार नै उसको व्यवहार चित्रित हुदै जान्छ । यो उमेरका मानिस लाइ जाति हरु को राम्रो राम्रो मात्र समाचार सुन्न दिने, कम राम्रो समाचार को कुरा यो उमेरका मानिस ले तपैसगा आएर गरे भने पनि तपैले राम्रो द्रिस्टिकोण बुझाउने.
People also have read:

Can you predict “if I can Settle Overseas?”
A young couple booked an appointment with me last week. As usual, I always start providing my counselling from Lagna; the first house of the
Fortnightly Rashifal
Fortnight Rashifal Fortnightly Rashi update Date from September 19 – October 03 | Rashi: Aries-Pisces Read how Rahu and Ketu Transit provides challenges and opportunity.
Are you Spiritual? Know through Vedic Jyotisha
Are you Spiritual? Know through Vedic Jyotisha Spirituality is an individual experience and referred to as ksaitrajña (Sanskrit: क्षैत्रज्ञ[). It defines as one’s journey towards