Blogs/Articles

आमा आफैमा एक “श्री ” हुनुहुञ्छ ।

आमा जो आफैमा एक “श्री ” हुनुहुञ्छ ।

Mothers day 01

आज माता तिर्थ औसी जसलाई आमाको मुख हेर्ने दिन पनि भनिञ्छ । हरेक वर्ष बैसाख महिनामा पर्ने कृष्णऔसी हिन्दु धर्मल्वाम्बीहरु को एक महान चाड पनि हो । आज को दिनलाई पृथ्वीमा हुने सम्पूर्ण चराचर को स्वामी जो जननी पनि हुन् र प्रकृति पनि उनको सम्मान स्वरूप लिने गरिन्छ ।आज विशेस दिन आनो आमालाई बिहान उठेर प्रणाम गरि, प्रम स्वरूप विभिन्न उपहार प्रदान गर्ने चलन रही आएको छ ।

आमाको त्यो असामान्य प्रेम र त्याग को वर्णन स्वम हिन्दु सस्त्र मा पनि गरेको भेटिन्छ ।

"हस्तस्पर्शो हि मातृणामजलस्य जलांजलि: ।"

आमाको हातको स्पर्श एक तिर्खाएर मर्न लागेको व्यक्तिलाइ आफ्नै हात ले पानि जस्तै ।

"मातरं पितरं चैव यस्तु कुर्यात् प्रदक्षिणम् ।

प्रदक्षिणीकृता तेन सप्तद्वीपा वसुन्धरा ।।"

जसले माता पिता लाइ सम्मानमा स्वरूप परिक्रमा लागौछा भने उसले पुरा पृथ्वी पराक्रम गरे बराबर हुन्छ ।

माता तिर्थ नदिको महिमा

स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।
वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।।
तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
ऋण: प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै ।।

जसले पनि माता तिर्थ नदि मा आएर आफ्नो स्नान गर्छ त्यस व्यक्ति ले फेरी आमाको गर्वमा आउनु पर्दैन, उ स्वत मुक्त हुनेछ । यो नदि मा आउनेले वा स्नान गर्नेले आफ्नो मृत आमाको छबि देख्ने पनि भनिन्छ ।

सर जगत मा आमाको महत्वलाइ आफ्नो आफ्नो ढंगबाट उजागर गरिरहेका हुन्छन । संसार भरि आमोको दिन “Mothers’ Day“, “आमाको मुख हेर्ने” दिन भनेर मनाउछन जुन विभिन्न दिन मा पर्छ ।

अनि आज तपाइहरु ले कसरि मनाउनुहुदैछ ।

यो NEWS Nepal Reports मा पनि पढ्न सक्नु हुन्छ …

ज्योतिषमा माता-तिर्थ औसी /आमको मुख हेर्ने दिनको महत्व :

ज्योतिष अनुसार माता को स्थान कुण्डली को चौथो घर वा भाव पर्दछ। यो घर वा भावले माता, अवचेतन मन, सस्कार, विद्या र वहान को पनि प्रतिनिधित्व गर्छ । यो भाव राम्रो भए व्यक्तिको जीवन मा राम्रो प्रभाव पर्छ। चन्द्रमा ग्रह आमा को प्रतिनिधित्व गर्ने ग्रह मानिन्छ । । आमाको सेवा गर्दा चन्द्रमा को राम्रो प्रभाव ले जीवन मा एशोर्ये बढेर जाने छ । त्यसैले आमा को सेवा गर्नाले कुण्डलीको चौथो घर यानिकी तपाइको अवचेतन मन बलियो hudai जाने छ ।

तर पनि तपाइको राशी र लग्नअनुसार प्रभाव पर्ने पनि हुन्छ ।