Blogs/Articles

Nepali Astrologer in Australia | अस्ट्रेलियामा नक्कली ज्योतिषीको बिगबिगी/ प्रेमि-प्रेमिका पाउन मोहनी र कालो जादु: एक रिपोर्ट

1 03

यो समाचार तपाइँलाइ झुटो लाग्ला तर नेपालीहरु ट्रेन स्टेशन मा Visiting कार्ड बाडेर बसेका ज्योतिष र उनका सहयोगी बाट दिन दिनै ठगि रहेका हुन्छन। विगत दुइ वर्ष देखि नियाली रहेको यो ब्याबसाए, नेपालीहरु धेरै रहेको शहर मा ज्योतिषीको बिगबिगी बढी रहेको अवस्था छ । जान नराम्रो होइन तर बुझेर जानुस ज्योतिषीको मा। ज्योतिषीले तपाइको मनोविज्ञान पढ्न अरु भन्दा अलि जानेका हुन्छन । कमाएको सबै पैसा भने एस्तो कार्यमा खर्च नगर्नु होला। येस्ता ज्योतिषीले ऐले काम खोज्ने फेसबुक पेजहरु मा आफ्नो विज्ञापनहरु पनि हाल्ने गरेका छन् । ति फेसबुक पेजहरुले यस्ता ठग बुसिनेस हरु को बिजिनेस प्रमोट गर्न आफ्नो फेसबुक स्टोरी हाल्दिने गरेको पनि देखिएको छ। कसैले यस्ता ज्योतिष हरुको विडियो छ भने हामीलाई पठाइदिनुहोला । हामी तपाइँ को परिचय गोप्य नै राख्ने छौ ।

अस्ट्रेलिया, धेरैको लागि अवसर र सपनाहरुको समुन्द्र । केहि गरौ भनेर ठुलो आशा अनि के हि हुन्छ कि भन्ने मिठो सपना बोकेर आउने युवा बर्ग अनि ति कलिला अनुहार। सायद सोच फरक होला तर गन्तव्य एउटामात्र केहि राम्रो होस। त्यही भिडहरु बिच बाट हेर्दा लाग्छ विदेशमा अवसर पाएर होइन नपाएर भौतारिनेहरुको जमात बढ्ने क्रम धेरै छ। यो लेख पनि तिनै विधार्थी र युवाहरुको जमात को लागि हो जो बिदेश आएर सानो समस्या भित्र को समस्या अल्झिरहेका छ्न।यो घटना काल्पनिक भने होईन।सत्य घटनामा आधारित यो लेख येस्तै समस्या भोग्ने अरु धेरैको वास्तविक जिबनमा प्रेरणा बन्न पनि सक्छ । घटना भोग्ने पात्रको परिचय भने खुलाइएको छैन।

किन आउने अस्ट्रेलिया ? अस्ट्रेलिया आएपछि ति सपना साकार बनाउन के के चुनौती हरु पार गर्नु पर्दछ भन्ने कुरा को हेक्का सबै आइसकेका लाइ सोध्न पर्दैन होला। काल्पनिक विदेश र यतार्थ विदेश बुज्न धेरै समय लाग्दैन यहाँ । तर पनि कल्पनाको त्यो गहिराही मा डुबेका केहि युवा युवती बहिनि हरु निस्कन नचाहनु अर्को दुखद पिडा बनेर निस्कने गरेको छ अस्ट्रेलिया जस्तो बिकसित देशमा ।

JYOtish age 02 1

दिनानुदिन हरेक प्रकारका दुखद घटना हरु सुनिने गरेका छन् । यो वर्ष मात्रै झन्डै १० नेपाली को मृत्यु विभिन्न कारणले गर्दा भै सकेको छ । कहिले (Depression) चिन्ता , (Suicide) आत्मा हत्या त कहिले (Accident) सवारी दुर्घटना र (Drowning) समुन्द्र को पानि मा डुबान मा परि मृत्यु भैरहेको नेपाली समुदाय मा छर्लंगै छ। यधपी यो लेख भने एउटा छुट्टै नया समस्या प्रकाश पार्न को लागि लेखिएको हो ।

एका बिहानै घन्टी बज्यो ;
उता: गुरुजी एउटा सानो समस्यामा परेको छु, हजुर सग सल्ला लिनु पर्यो भनेर। पहिला थाहा थिएन यहाँ पनि नेपाली ज्योतिष हरु छन् भनेर । इन्टरनेट मा खोजेर तपाइको नम्बर पाएकाले फोन गरि हालेको ।
“म : हजुर नमस्कार ! भन्नु न के थियो र तेस्तो?
उता: तपाइले यो बसिकरण को बारेमा केहि गर्न……….
म: ए हजुर ले कहाँ बाट गर्नु हुदैछ? अनि को बोल्नु भएको ? ” बीच मै काटेर सोधिहाले , मैले जानी जानी विच मै काटे ताकी उ साचै बुज्न खोजेको हो कि यतिकै हो भनेर, अनि यो पहिलो कल भने होइन । मलाई यो पनि बुज्नु थियो कि कता को बाट ठगिनु भयो भनेर ।

“उता: म रमेश , AUBURN , बाट।”……… AUBURN नेपाली हरु को बाक्लो समुदाय भएको स्थान पनि हो।
म: हजुर भन्नुस ,
उता: गुरुजी, हजुरलाई मैले अब क लुकाउनु र, म र मेरो गर्ल फ्रेन सगै बसेको ३ वर्ष भैसकेको थियो । हामी अब बिहे गर्ने भनेर घर सल्लहा गर्ने कुरामा सहमत भै म नेपाल गएको थॆ, उ पनि म गएको एक हप्ता मा नेपाल पुग्यो। मैले सोचे उ पनि घर को याद ले गर्दा आएको होला। तर यता फर्के पछि हामी विच तेस्तो गफ केहिपनि हुदैन। उसले सिधै भन्छे “म तपाईलाई माया गर्छु तर श्रीमान को स्थान दिन सक्दिन “
म सोध्छु कि “तिमीलाई नेपालमा कसले के भन्नु भए, हाम्रो जात मिल्दैन त्यो त हामीले पहिले नै सल्लाह गरेका थियोउ। मैले मेरो परिवार मा तिमि नेवार भए पनि मनाउछु भनेको थिए अनि तिमिले पनि तेस्तै भनेकी थियोउ।”

उता: गुरुजी मलाई एकदम तनाब छ, म काम मा पनि एकचित्त भएर लग्न सकिरहेको छुइन, परिवार मा पनि तेस्तै छ। मलाई केहि कारण नै नभई उसले एस्तो गरि। मैले यो समस्या बाट कसरि बाहिर निस्कने होला ?
म: हजुर
उता: गुरु जी, हुन त म साइन्स पढेको मान्छे, हनेस्टलि भन्नुपर्दा एस्तो ज्योतिष सोतिश मा विश्वास गर्न मन लाग्दैन थियो तर आफुलाई परेको बेला ……… एक दुइ जाना ज्योतिषी को मा जान कर लग्यो अनि गए । मैले त्यो ज्योतिष लाइ मेरो जन्म मिति हरु पठाई दिएको थिए। उसले केहि समय पछि मेरो ऐलेको सबै स्थिथि बताई दियो ।त्यो सत्य यसरि बतायो कि मेरो यो घटना कुनै टिभी मा हेरी रहेको छ । अनि अझ मलाई विशस लागेन अनि मैले सोध “कहिले बाट सुरु भएको भनेर ” उसले हाम्रो झगडा परेको मिति लगभग मिलायो अनि म कन्भिन्स भए । उसले भन्यो कि मलाई केटिको परिवार बाट ब्लैक म्याजिक लगाएर, बसिकरण गरेर उसलाई म देखि टाडा बनाएको भन्यो । अनि मोहनी (बसिकरण) लगाएर त्यो केटि लाइ फेरी वापास गर्न सकिन्छा भनेर ५०० डोलर माग्यो। मैले उसको कुरा तुरुन्तै विश्वास गरेर तत्काल पैसा ट्रांस्फेर गरे, अनि भोलि पल्ट कल गर्दा उसले मलाई फेरी कडा मोहनी (ब्लैक म्याजिक) लगाएको छन् भनेर झन् बढि पैसा माग्यो अनि म झसङ्ग भए  र मेरो हैसियत पनि सम्झे, अनि साथीहरु सग सल्लाह गर्दा मलाई एकपटक नेपाली ज्योतिषसग पनि सल्ला गर्ने सुझाव दिए । 

JYOtish age 01

यो माथिको घटना संयोग मात्रै पनि हुन सक्छ तर येस्ता ज्योतिष हरु पनि छन् जो नेपालीहरुको सोजोपन को फाइदा उठाउन खोजिरहेका हुन्छन । त्यस्ता ज्योतिष हरु को गूगल रिवुए र फेसबुकमा पनि नक्कली प्रयोगकर्ता हरुले ५ इस्टार दिएर प्रख्यात बनाएको हुन्छन । सबै तेस्त हुन्छन भन्न पनि सकिन तर अस्ट्रेलिया जस्तो देश मा आएर पनि वासिकरण (केटि/केटा मोहनी लगाउने एक तान्त्रिक तरिका ) र lottery जित्न येस्ता ज्योतिष को भर पर्ने लाइ यो एक खबरदारी मात्र गर्न खोजिएको हो। येदि त्यो ज्योतिष ले तपैले मनपराएको लाइ तपाई तिर बनाउन सक्थे भने आज सबै राम्रो केटि हरु ज्योतिष हरु सग हुन्थे होला। वासिकरण गर्न सक्ने ले सबै भन्दा धनि लाइ वासिकरण गरेर आफु केहि कार्य नगरी बस्थियो होला।

हुन त ज्योतिष लाइ अहिले सम्म कसैले बुझेका छैनन् र जो अलिक बौद्धिक ज्योतिष हरु छन् उनीहरु पैसा को मोह मा येसरी फसे कि ज्योतिष को जरो कुरा नै बिर्से । ज्योतिष एक अध्यात्मिक यात्रा को लागि आवश्येक पर्ने एक यन्त्र हो । त्यसैले त एस्लाई वेद को चौथो अंग को रुप मा लिइन्छ । यो वेद को आखा समान हो त्यहि भएर संस्कृत मा “ज्योतिष” भनिएको हो।

एक जना बहिनिले आफ्नो एश्फ़िएल्ड,सिड्नी को गुनासो सुनाउदै भनिन “तिम्रो र त्यो केटा को फोटो यो लोटा मा राख अनि आज घर लिएर जाउ अनि भोलि लिएर आउनु अनि हेरुला। भोलि त्यो लोटा त्या मेरो सामु खोलेर हेर्दा फोटो हरु खरानी भएको थियो । त्यहाँ मेरो १००० गयो अनि अझै मग्न थाले पछि पछि आउछु भनेर हिडे। अजै फोन गर्छ तर डर ले फोन उठाउदिन ।” यो पनि कसैसग मिल्न पनि सक्छ ।

यस्तो घटनाहरु बाहिर बिरलै निस्कनछन किन भने मानिस आफु पनि तेस्तोमा ठगि भएको वा फसेको महसुस गर्छ । एस्तो कुरा बाहिर ल्याउदा आफुलाई झन् लाझ्मर्दो हुने हुन्छ र त्यहि भएर एस्तो कुरा गोप्य हुदा हुदै सेलाएर जान्छ ।

म अझै सम्झिन्छु त्यो दिन । “२०१६ मार्च मा आएर पहिलो पटक Bondi Beach गएको थिए । आतिदै कसैले फोन गरेर एकासी सोध्यो। ज्योतिष जी ग्रहपुजा गर्दा एक जना (देशको नाम) ज्योतिष ले २५० ग्राम सुन, २५० ग्राम चादी, २५० ग्राम फलाम,तामा, आदि मागेको छ । हामीले ऐले सम्म २५०० डलर खर्च गरिसकिम, के यो दान गर्नै पर्ने हुञ्छ र ? “

4 04

हामीलाई पड्दा रोचक लाग्ने सुन्दा हासो लाग्ने हुन सक्छ तर भोग्ने लाइ सारै गारो हुने यस्ता समस्या बाट बच्न त मन एकदम स्थिर बनाउनु पर्छ। कुनै पनि यस्ता समस्या (गर्लफ्रेन वा बोइफ्रेन को समस्या) मा हुनुहुन्छा भने पहिला समस्या लाइ सुल्झौन तिर नजानुस, केहि समय लिनुहॊस, पहिला आफु शान्त हुनुस:

  • मन लाइ शान्त राख्नुस,
  • प्रकृति को नजिक जानुस,
  • रम्नुस केहि बेर ,
  • मनपर्ने फिलिम हेर्नुस ।

तनाब मा यो सब गर्न गारो हो तर उपाय सोच्ने हो भने मन त शान्त बनाउने पर्छ नि होइन र।

ज्योतिष को मा जानु नराम्रो होइन तर सबै कुरा मान्नु पर्छ भने छैन। येदि ज्योतिष ले तपाइलाई निरास बाट मुक्ति दिने उपायहरु, तपाइँ लाइ मोटिभेट हुने सुझाव दिन्छन भने गइ रहनु पनि गलत हुन्न। अन्ततः ज्योतिष भनेको मार्ग दर्शन गर्ने चालक हरु हुन्। समाज सेवक हुन्। प्रभु को संदेश बाहक हुन्। तर येसो भनि रहदा ज्योतिष ले सेवा हो भने फ्री मा हेर्दिनु पर्छ भन्ने पनि होइन ।