आमा जो आफैमा एक "श्री " हुनुहुञ्छ ।
आज माता तिर्थ औसी जसलाई आमाको मुख हेर्ने दिन पनि भनिञ्छ । हरेक वर्ष बैसाख महिनामा पर्ने कृष्णऔसी हिन्दु धर्मल्वाम्बीहरु को एक महान चाड पनि हो । आज को दिनलाई पृथ्वीमा हुने सम्पूर्ण चराचर को स्वामी जो जननी पनि हुन् र प्रकृति पनि उनको सम्मान स्वरूप लिने गरिन्छ ।आज विशेस दिन आनो आमालाई बिहान उठेर प्रणाम गरि, प्रम स्वरूप विभिन्न उपहार प्रदान गर्ने चलन रही आएको छ ।
आमाको त्यो असामान्य प्रेम र त्याग को वर्णन स्वम हिन्दु सस्त्र मा पनि गरेको भेटिन्छ ।
"हस्तस्पर्शो हि मातृणामजलस्य जलांजलि: ।"
आमाको हातको स्पर्श एक तिर्खाएर मर्न लागेको व्यक्तिलाइ आफ्नै हात ले पानि जस्तै ।
"मातरं पितरं चैव यस्तु कुर्यात् प्रदक्षिणम् । प्रदक्षिणीकृता तेन सप्तद्वीपा वसुन्धरा ।।"
जसले माता पिता लाइ सम्मानमा स्वरूप परिक्रमा लागौछा भने उसले पुरा पृथ्वी पराक्रम गरे बराबर हुन्छ ।
माता तिर्थ नदिको महिमा
स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।
वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।।
तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
ऋण: प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै ।।
जसले पनि माता तिर्थ नदि मा आएर आफ्नो स्नान गर्छ त्यस व्यक्ति ले फेरी आमाको गर्वमा आउनु पर्दैन, उ स्वत मुक्त हुनेछ । यो नदि मा आउनेले वा स्नान गर्नेले आफ्नो मृत आमाको छबि देख्ने पनि भनिन्छ ।
सर जगत मा आमाको महत्वलाइ आफ्नो आफ्नो ढंगबाट उजागर गरिरहेका हुन्छन । संसार भरि आमोको दिन “Mothers’ Day“, “आमाको मुख हेर्ने” दिन भनेर मनाउछन जुन विभिन्न दिन मा पर्छ ।
अनि आज तपाइहरु ले कसरि मनाउनुहुदैछ ।
ज्योतिषमा माता-तिर्थ औसी /आमको मुख हेर्ने दिनको महत्व :